Comments Add Comment

नयाँ बर्ष, नयाँ संकल्प : आउनुहोस् यस्तो प्रण गरौं

वितेका बर्ष आफ्नो पौरख र पाखुरीम बाँच्नेहरुका लागि सुखद रहेन । हामीले खाइरहेको गाँस काटिए र त्यसबाट नेता–मन्त्रीले मेचमान खाए । भ्रष्टचार मौलाइरह्यो । राजनीतिक आडमा अपराधको श्रृंखला जारी रह्यो । ‘सानालाई ऐन, ठूलालाई चैन’को स्थिती कायम रह्यो । धूर्तहरुले अकुत सम्पति थुपारिरहे, पाखुरी र पसिनामा निर्भर गर्नेहरु अभाव झेलिरहे ।

नेता–मन्त्रीहरुले राज्यको ढुकुटीबाट लाखौं–करोडौं झ्वाम पारिरहँदा, निमुखाहरु सामान्य उपचार नपाएर छटपटाइरहे । सर्वसाधरण नेपालीका लागि यो बर्ष दुःख, अभाव, समस्या, ऋण, रोगमा डुबिरह्यो ।

कामना गरौं, आगमी बर्ष भ्रष्टचार, अराजकता, खिचातानी, बेइमानीको रजगज नचलोस् ।

इमान र पसिनाको आडमा बाँच्नेहरुले सुखको गाँस खान पाओस् । शान्तिले बस्न पाओस् । औषधि–उपचारको अभावमा छटपटिनु नपरोस् ।

यसका लागि हामीले यस्तो सामूहिक केही प्रण गरौं, जसले नयाँ बिहानीको सुरुवात गरोस् ।

–नेता–मन्त्रीहरुको झुटो आवश्वसनमा फस्ने छैनौं ।

–आफ्नो गाउँ–समाज बनाउनका लागि नेताको मुख ताक्ने छैनौं ।

–दुषित राजनीतिमा लागेर छिमेकी, आफन्तसँगको सम्बन्ध बिगार्ने छैनौं ।

–राजनीतिक स्वार्थका खातिर आफुलाई बलीको बोको बनाउने छैनौं ।

–आफ्नो गाउँ–ठाउँ, समाजमा हुने विकास निर्माणको काममा सहयोगी भूमिका खेल्नेछौं ।

–गाउँ–ठाउँको विकास–निर्माणलाई पारदर्शी बनाउन खबरदारी गर्नेछौं ।

–आफ्नो गाउँ–ठाउँको विकासमा एकजुट भएर लाग्नेछौं ।

–आफ्नो गाउँ–ठाउँमा बृक्षरोपण गर्नेछौं ।

–खेती किसानीलाई प्रोत्साहित गर्नेछौं ।

–सामाजिक विकृति र विसंगतिको अन्त्य गर्नेछौं ।

–सरकारी काममा हुने ढिलासुस्ती, ठगीको खुलेर बिरोध गर्नेछौं ।

–नेता एवं मन्त्रीको पछि लाग्ने नभई आफ्नै बलबूतोको भरमा पेशा, व्यवसाय, उद्यम गर्नेछौं ।

–भ्रष्टचारीको भान्सामा पाकेको खानेकुरा खाने छैनौं ।

–भ्रष्टचारीले आयोजना गरेको भोज–भत्तेरमा सहभागी हुने छैनौं ।

– आफ्नो इमानले आर्जेको खानेछौं, सुखको जीवन बाँच्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment