Comments Add Comment

धर्तीले विश्राम पाउँदा यसरी मुस्कुरायो प्रकृति

कोरोना संक्रमणका कारण यतिबेला विश्वका अधिकांश देशहरुमा लकडाउन कायम छ । नेपालमै पनि पछिल्लो तीन सातादेखि लकडाउन भएको छ । अमेरिका, बेलायत, अष्ट्रेलियादेखि भारतसम्मका देशहरुमा यतिबेला लकडाउन कायम छ । लकडाउनले एकातिर सामाजिक गतिविधिहरु बन्द भएका छन्, मानिसहरु घर-घरै बस्न बाध्य भएका छन्, स्कूल-कलेज बन्द भएका छन् । यी सबै लकडाउनका वेफाइदाहरु हुन सक्छन् । यद्यपि, यही लकडाउनका केही फाइदाहरु पनि भेटिएका छन् , खासगरि प्राकृतिक फाइदाहरु ।

वास्तवमा यतिबेला लकडाउन हामी बस्ने पृथ्वीका लागि त वरदान नै सावित भैरहेको छ । मानव गतिविधिहरु बन्द भएका कारण प्रकृतिमा धेरै सुधारहरु देखिन थालेका छन् ।

मानव गतिविधिले प्रकृतिमाथि कति अन्याय गरिरहेको रहेछ ? हामी धर्तीमाथि कति हावी भइरहेका रहेछौं ? लकडाउनको कारण भौतिक गतिविधिहरु ठप्प हुँदा प्रकृतिमा अचम्मलाग्दो सुधार देखिएका छन् । हामीले फेर्ने वायु शुद्ध भएका छन्, आकास सफा छ, समुन्द्र कञ्चन भएको छ । सर्वत्र सौन्दर्य खुलेका छन् ।

कम्पन

लकडाउनको क्रममा पृथ्वीमा हुने कम्पन ३० देखि ५० प्रतिशतसम्म कम भएको छ । यातायात, मेशीन, ध्वनि प्रदुषण र अन्य विभिन्न किसिमका मानविय गतिविधिहरुका कारण पृथ्वीमा हलचल धेरै हुन्थ्यो । अहिले भूकम्पका बारेमा अध्ययन गर्ने वैज्ञानिकहरुले विज्ञानीले सानो भन्दा सानो स्तरको भुकम्पहरुलाई पनि नाप्न थालेका छन् ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुले यसको पुष्टि गरेका छन् । बेल्जियमस्थित रोयल अब्जर्भेटरीका अनुसार भूकम्प वैज्ञानिकहरु पृथ्वीको कम्पनलाई पत्ता लगाउनका लागि जमीनभित्र बनेको केन्द्रहरुको उपयोग गर्छन् । तर वर्तमानमा पृथ्वीमा छाएको शान्तिका कारण यसलाई बाहिरबाट पनि त्यतिकै राम्रोसंग सुनिन थालेको छ, जति राम्रोसंग भित्रबाट सुनिन्थ्यो ।

ओजोन तहमा सुधार

ओजोन तहलाई सबैभन्दा धेरै नोक्सान अन्टार्कटिका माथि भएको थियो । तर अहिले यो तहमा उल्लेखनीय सुधार भएको वैज्ञानिकहरुले बताएका छन् । नेचरमा प्रकाशित ताजा सर्वेक्षण अनुसार जुन केमिकल ओजोन तहको नोक्सानका लागि जिम्मेवार रहेको छ, तिनीहरुको उत्र्सजनमा कमी हुनुको कारण यो सुधार भएको हो । अहिले कम भएको ओडीएसको उत्सर्जनबाट दक्षिणी ध्रुबमा अन्टार्कटिका माथि तिव्र गतिको हावाको भुमरी बन्दथ्यो, त्यसको हलचल पनि बन्द भएर विपरीत दिशामा जान थालेको छ ।

यी पदार्थको कमीले केवल ओजन तह सुधार हुने मात्र नभएर अन्टार्कटिकाको माथिल्लो भुमरी पनि आफ्नो सही स्थानमा फर्कन थालेको छ । यसको अन्य सकारात्मक सुधारहरुका साथ वर्षामा हुने स्वरुप पनि सकारात्मक परिर्वतन हुन्छ भन्ने आशा लगाउन सकिन्छ । यो सर्वेक्षणबाट मेलबर्न यूनिभर्सिटीका अग्र्यानिक केमिस्ट ल्यान रे धेरै उत्साहित छन् । उनका अनुसार यसका कारण अस्ट्रेलिया नजिक कोरल रीफ क्षेत्रमा लामो समयदेखि वर्षा हुन कम भएको थियो, त्यसमा सुधार हुन सक्छ । अहिले भएको परिर्वतनले यो क्षेत्रमा वर्षँ धेरै हुन थाल्छ, जुन केहि दशकबाट भएको थिएन ।

पृथ्वीभन्दा वायुमन्डलको पहिलो तह ठीक माथि ओजोनको तह रहेको छ, जसले अन्तरिक्षबाट आउने अल्ट्राभ्वाइलेट किरणहरुलाई पृथ्वीको तहसम्म आउन दिँदैन । यो तह भुमध्ये रेखा माथि १५ किलोमीटर छ भने ध्रुवहरुमाथि करीव ८ किलोमीटर मोटो छ । अल्ट्राभ्वाइलेट किरणहरुले हाम्रो आँखा र छालालाई विशेष किसिमले हानि पु¥याउँछ । यी किरणहरुका कारण मानिसलाई क्यान्सर जस्तो रोग पनि लाग्न सक्छ ।

प्रदूषणको स्तर

कल–कारखाना बन्द हुनाका कारण प्रदुषण कम भएको छ । यातायात र मानिसहरुको आवत–जावत पनि बन्द भएको छ । जसका कारण हावाहरु एकदम सफा भएका छन् । यसको सबैभन्दा ठुलो प्रमाण भनेको टाढा–टाढाबाट नै हिमालहरु देखिन थालेका छन् । स्वच्छ हावा र नीलो आकाश देखिन थालेको छ । प्रदुषणका कारणले संसारमा धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।

सेन्टर फर साइन्स एण्ड इन्भारमेन्टको प्रदुषणको बारेमा दिनहुँ गरिएको विश्लेषणबाट अहिले लकडाउनका कारण संसारभरीको प्रदुषणको स्तर धेरै कम भएको हो भन्ने कुरा पत्ता लागेको छ ।

नेपालको कुरा गर्नु पर्दा अहिले यहाँको हावामा प्रदुषण छैन । जसका कारण बाटो वरपरका वोटविरुवामा पलाएका पातहरु पनि चिल्ला र हरियो देखिन थालेको छ । शहर सबै तिर सफा र स्वच्छ देखिएका छन् ।

यदि नाइट्रोजन अक्साइडको स्तरलाई हेर्ने हो भने पनि विश्वका विभिन्न शहरहरुमा यसको स्तर निकै घटेको पाइएको छ । भारतकै नयाँ दिल्ली, मुम्बई, कोलकाता जस्ता शहरहरुमा क्रमशः ४२ प्रतिशत, ४९ प्रतिशत तथा ३७ प्रतिशतले कमि आएको पाइएको छ । विश्वका अन्य शहरहरुमा पनि यही अनुमातले नाइट्रोजन अक्साइडको मात्रामा कति आइरहेको छ । यो परिवर्तन गाडिहरु सडकमा ननिस्किनाले, उद्योग-कलकारखानाहरु बन्दा हुनोले तथा निर्मँण कार्यहरु रोकिएकाले भएको हो ।

सफा भए नदीहरु

लकडाउनका कारण उद्योगहरु बन्द छन्, जसका कारण नदीहरु प्रदूषित भैरहन्थे । नदी किनारहरुमा मानिसहरुको गतिविधिहरु पनि अहिले बन्द छ, जसका कारण ठूल्ठूला नदीमा स्वच्छ जल बगिरहेको छ । अहिले देशका प्रत्येक नदीहरु निर्मल भएर अविरल रुपमा बगिरहेका छन् । बागमती, नारायणी, त्रिसुली, सेती, गण्डकी, कोशी जस्ता नदीहरुमा स्वच्छ पानी बग्न थालेको हो । यी नदीहरुका घुलित अक्सिजन छदेखि सात प्रति लिटर मिलिग्रामबाट बढेर ९–१० सम्म पुगेको बताइन्छ ।

यी उल्लेखित कामहरुका लागि सरकारले दशकौंदेखि प्रयास गरिरहे पनि सफलता हासिल भएको थिएन, अहिले तीन साताको लक डाउनले ती सबै कामहरु सम्भव भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment