
२२ वैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले किसानलाई सरकारले आवश्यक मलखाद् समेत दिन नसकेको बताएका छन् ।
रुपन्देहीको पिप्रा महजिदिया बजारमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । तर, सीमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद् खोस्ने र लुटने काम भने गरिरहेको छ ।’
सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरिरहेको उल्लेख गर्दै उनले आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्षा गर्ने त्यही सीमावर्ती क्षेत्रका नागरिकलाई दुःख दिनु गलत रहेको बताए ।
किसानलाई आवश्यक मलखाद् नदिने तर कमिसनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने कार्य उचित नभएको उनको राय छ ।
मलखाद् मात्र नभई घरायसी प्रयोगका लागि सीमावर्ती क्षेत्रका जनताले कुनै समान ल्याउदा त्यसलाई खोस्ने र उसको नीजि सम्पत्ति लुटने काम सरकारले गरिरहेको उनको आरोप छ ।
प्रतिक्रिया 4