News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको देवाही गोनाही नगरपालिका मेयर प्रेमलाल साह नेकपा एमालेबाट आजपा पार्टीमा प्रवेश गरेका छन्।
- आइतबार देवाही गोनाहीमै आयोजित कार्यक्रममा मेयर साहसहित वडा अध्यक्ष रामप्रवेश पटेल र बिरबहादुर साह आजपामा प्रवेश गरेका हुन्।
- आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा स्वागत गर्नुभएको छ।
२९ चैत, काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार थिए र चुनाव जितेका थिए ।
आइतबार देवाही गोनाहीमै आयोजित कार्यक्रममा मेयरसाह सहित देवाही गोनाही नगरपालिका-४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नम्बर ९ को वडा अध्यक्ष बिरबहादुर साह आजपामा प्रवेश गरेका हुन् ।
आजप अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा स्वागत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4