+
+
Shares

निषेध गरेर जाने सोचको आयु समाप्त भइसक्यो : पूर्वराजा ज्ञानेन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते २०:५०

३० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध गरेर जाने सोचको आयु समाप्त भएको दाबी गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताएका छन् । उनले अघि भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।’

पुर्खाले अनादीकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस विश्व जगतले गरेको समेत उनकेा सन्देशमा उल्लेख छ । पूर्व राजा शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।’

यही जगमा उभिएर समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?