+
+
Shares

संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं शिक्षालय ललितपुरले संविधान दिवसमा बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता र वातावरण संरक्षण सन्देशसहित साइकल र्‍याली आयोजना गरेको छ।
  • ‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ नारासहित ३०० भन्दा बढी साइक्लिस्ट इमाडोलबाट सुरु भएको र्‍यालीमा सहभागी भएका थिए।
  • दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ।
  • विद्यालयले हरेक वर्ष संविधान दिवसका अवसरमा साइकल र्‍याली आयोजना गर्ने जनाएको छ।

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्‍याली आयोजना गरेको छ ।

‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्‍यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए ।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले र्‍यालीको उद्घाटन गरेका थिए ।

इमाडोलबाट शुरु भएको र्‍याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार हुँदै पुन: विद्यालय परिसरमा आएर सम्पन्न भएको थियो। र्‍याली २० र २५ किलोमिटर गरी दुई विधामा सञ्चालन गरिएको थियो ।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइकल र्‍यालीलाई खेलकुदसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा र वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए। दर्ता शुल्कबाट संकलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ ।

विद्यालयले अबदेखि हरेक वर्ष संविधान दिवसका अवसरमा साइकल र्‍याली आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?