 
																			११ वैशाख, सप्तरी । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेपछि दुवै पार्टीका कार्यकर्ताले खुसियाली मनाएका छन् ।
पार्टी एकीकरण भएको खुसियालीमा सप्तरीका नेता/कार्यकर्ताहरुले बिहीबार साँझ दीपावली गरेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा जसपाका कार्यकर्ताले संयुक्त रुपमा मैनबत्ती प्रज्वलन गरेका हुन् ।
जनताको अपेक्षा अनुसार एकीकरण भएकोमा आफूहरु खुशी भएको राजपा निकट विद्यार्थी संगठनका तत्कालिन राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव ‘केसी’ ले बताए । उनले अब मधेशको मागलाई सशक्त रुपमा उठान गर्न सजिलो हुने विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4