Comments Add Comment

चाणक्य नीति : कस्तो धन व्यर्थ हुन्छ ?

धन कसरी आर्जन हुन्छ ? कसरी आर्जन गरेको धनले सुख र समृद्धि दिलाउँछ ? धन किन र कतिबेला उपयोग हुन्छ ? धन कुन अवस्थामा व्यर्थ हुन्छ ? यावत् विषयम महर्षि चाणक्यले उल्लेख गरेका छन्, जो आजको समाजमा पनि उत्तिकै महत्वपूर्ण हुनसक्छ ।

हामीमा धनप्रति एक किसिमको आशक्ति छ । धन आर्जन गर्नु वा सम्पन्न हुनु आफैमा राम्रो कुरा हो । तर, धन नै सर्वोपरी होइन । जब हामी धनप्रति आशक्ति वा मोह राख्न थाल्छौं, हामीले जीवनको सार्थकता गुमाउन पुग्र्छौं । यावत् विषयम यहाँ चाणक्यको महत्वपूर्ण भनाई समावेश गरिएको छ ।

धनको वचत

कुनैपनि संकट वा खराब दिनबाट बच्नका लागि धन संचित गर्नु आवश्यक छ । अभाव र समस्याहरु टार्नका लागि धन सम्पति वचत गर्नुपर्छ । जोगाउनुपर्छ ।

धनले आपतमा जुध्ने सामथ्र्य

धन सम्पति जीवनको एक महत्वपूर्ण अंश हो । यसले हामीलाई आपत–विपतसँग जुध्ने सामथ्र्य दिलाउँछ । संभावित संकटलाई लिएर हामीले पिरोलिनुपर्ने बाध्यता हटाइदिन्छ । धन एक किसिमको शक्ति पनि हो ।

समृद्ध स्थानमा रहनुपर्छ

यस्तो देश वा क्षेत्रमा हामीले आफ्नो वासस्थान बनाउनुपर्छ, जहाँ आयआर्जनको स्रोत मिल्छ । रोजगार, इज्जत, शुभचिन्तक र शिक्षा मिल्छ । उन्नत भूमी, सिंचाईको व्यवस्था भएको, सभ्य र समझदार छिमेकीहरु भएको ठाउँमा बसेर समृद्धि हासिल गर्न सकिन्छ ।

धनको मोह हुनुहुन्न

जीवनका समस्या, अभावहरु टार्नका लागि धन आवश्य चाहिन्छ । यद्यपि धनप्रति आशक्ति हुनुहुँदैन । अरुलाई पिरोलेर, झुट बोलेर, आफ्नो धर्म छाडेर, सत्रुता मोलेर एकदमै कठिनताका साथ प्राप्त गरेको धन व्यर्थ छ । यसरी धन आर्जन गर्नु उचित हुँदैन ।

धनवान र मोक्ष

जुन व्यक्तिसँग आस्था, धन र केही लगाव हुँदैन, उनलाई कहिल्यै मोक्ष मिल्दैन । उनीहरु जीवन र मरणको चक्रमा फसिरहन्छ ।

गरिबी एक रोग

गरिबीमा जीवन व्यतित गर्नु निकै दुःखदायी कुरा हो । श्रम, सीप, दक्षता, मेहनतको अभावमा गरिबी हुन्छ । यस किसिमको गरिबी आफैमा एक रोग समान हो ।

जुन धन व्यर्थ छ

धन आर्जन गर्नु, धन वचत गर्नु जीवनको एक महत्वपूर्ण हिस्सा हो । यद्यपि यसरी संचय गरेको धन आवश्यक परेको बखत मन खोलेर खर्च गर्न सक्नुपर्छ । आवश्यक परेको समयमा पनि खर्च नगर्ने धनको कुनै औचित्य हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment