Comments Add Comment

रुकुम (पूर्व) मा किट अभाव हुँदा कोरोना परीक्षणमा समस्या

२१ वैशाख, रुकुमपूर्व । रुकुम (पूर्व) मा कोभिड– १९ को परीक्षणका लागि र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ । किट पर्याप्त नहुँदा कोरोना परीक्षण दुई सातादेखि रोकिएको छ । किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ ।

हालसम्म भारतलगायत अन्य मुलुकबाट १६२ नागरिक भित्रिएका छन् । देशका विभिन्न जिल्लाबाट भने एक हजारभन्दा बढी नागरिक भित्रिएका छन् । भित्रिने मानिसको संख्या धेरै भएपछि परीक्षण किट नहुँदा समस्या भएको हो ।

हालसम्म प्रदेश सरकारले कोरोना परीक्षणका लागि १६० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका १२९ जनाको आरडीटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए ।

यहाँका तीनै गाउँपालिकामा कोरोना परीक्षण गरिएको थियो । सिस्ने गाउँपालिकाका १०३, भूमे गाउँपालिकाका १८ र पुथाउत्तरगंगा गाउँपालिकाका आठ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमध्ये चार कैदी हुन् । बाँकीको किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन । हाल जिल्लामा २९ किट बाँकी छन् । ती किटले तत्काल कोही सम्भावित संक्रमित भेटिएमा परीक्षण गर्ने बताइएको छ । किट उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको प्रमुख शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment