+
+
Shares

प्रधानमन्त्रीको निजी सचिवालयमा जिम्मेवारी हेरफेर, हट्यो माधव खनालको नाम

पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गर्ने घटनामा जोडिएका माधव खनालको नाम भने अहिले सचिवालयको जिम्मेवारी हेरफेरमा छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले निजी सचिवालयमा केहीको जिम्मेवारी र पद हेरफर गरी पुनर्गठित सचिवालय बनाएका छन् ।
  • कुमार व्यञ्जनकार मुख्य सल्लाहकार, असीम शाह राजनीतिक सल्लाहकार र जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार यथावत् छन् ।
  • सञ्जिव पाण्डे, सन्तोष गिरी, विशाल अधिकारी, दीपा दाहाल र विश्व राईलाई विषयगत संयोजक तोकिएको छ ।

२९ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा नियुक्तहरू मध्ये केहीको जिम्मेवारी हेरफर गरेका छन् । यो हेरफेरमा केहीको पद पनि बदलिएको छ । पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गर्ने घटनामा जोडिएका माधव खनालको नाम भने अहिले सचिवालयको जिम्मेवारी हेरफेरमा छैन ।

त्यसबेला नै उनलाई जिम्मेवारीबाट अलग गरिएको थियो । तर उक्त खबर आएपछि प्रधानमन्त्रीको सचिवालयकै अधिकारीहरूले उक्त कुरा सही नभएको भन्दै खण्डन गरेका थिए । तर त्यसपछि देखि नै सचिवालयको काममा नरहेका खनालको नाम अहिले सचिवालयका सदस्यहरूको जिम्मेवारी र पदीय हेरफेरमा छैन ।

प्रधानमन्त्री पुनर्गठित सचिवालयमा कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार, असीम शाह राजनीतिक सल्लाहकार र जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार नै छन् ।

विषयगत रुपमा पाँच जनालाई संयोजक तोकिएको छ । विकास तथा मन्त्रालयगत समन्वय संयोजकमा सञ्जिव पाण्डे तोकिएका छन् । सन्तोष गिरी अन्तर निकाय समन्वय संयोजक, विशाल अधिकारी सरकारी मामिला तथा योजना समन्वय संयोजक, दीपा दाहाल मिडिया व्यवस्थापन संयोजक र विश्व राई सामाजिक विकास समन्वय संयोजक बनेका छन् । सबै संयोजक राजपत्राकिंत प्रथम श्रेणी सरहको भूमिकामा छन् । उनीहरूलाई विगतमा विज्ञको रुपमा राखिएको थियो ।

नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल राज्यमन्त्री सरहको भूमिका रहने गरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार छन् भने विवेक मिश्रले राज्यमन्त्री सरह हुने गरी सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रुपमा कार्यरत छन् ।

प्रधानमन्त्री शाहका दुई जना स्वकीय सचिव सुवास शर्मा राजप्रत्राकिंत विशिष्ट श्रेणीमा कार्यरत छन् भने र नवीन भण्डारी राजपत्राकिंत प्रथम सरह हुने गरी स्वकीय सचिवका रुपमा कार्यरत छन् ।

पाँच जनालाई उपसंयोजक तोकिएको छ । उपसंयोजकहरूमा सुसन गौतम नागरिक उड्ययन समन्वय, रवि किरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति सम्पदा समन्वय र दिपक प्रसाद ओली नीति मस्यौदा अध्ययन तोकिएका छन् । उपसंयोजकहरू राजप्रत्राकिंत द्धितिय श्रेणी सरह रही कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?