
२४ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राम कार्कीले विकास निर्माणको काम अघि बढाउन निर्माण सेना गठनको माग गरेका छन् ।
बाटो खन्न, कृषि उत्पादन तथा बिक्री गर्न र दुग्ध पदार्थ बिक्री गर्न सेना र प्रहरीजस्तै अनुशासित सेना निर्माण गर्नुपर्ने उनले बताए ।
‘आर्मीको संख्या विस्तारै घटाउँदै जाँदा हुन्छ, तर बाटो खन्न, कृषि उत्पादन र बिक्री गर्न, दुग्ध पदार्थ बिक्री गर्न सेना पुलिसजस्तै अनुशासित, चेन अफ कमान्ड भएको निर्माण सेना गठन गरौं’ बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले भने ।
नेता कार्कीले उच्च पहाडी भेगमा डोजर चलाउन पनि बन्द गर्नुपर्ने उनले बताए । ूडोजर बन्द गरौं, मुस्ताङ, डोल्पा, मुगुमा डोजर चलाउन हुन्छ त रु तर चलिरहेको छ । डोजर कसले कँहा चलाउने हो तय गरौं। विकासमा दीर्घकालीन सोच राखौुं उनले भने ।
कोरोनाका कारण परेको असर र विदेशमा रहेका नेपालीहरुको अवस्था बारेको छलफलमा कार्कीले यस्तो बताएका हुन् ।
प्रतिक्रिया 4