+
+

क्वारेन्टाइनमा बसेका २०० बढी भारतीयलाई स्वदेश पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १८:१३

६ जेठ, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसलगायत अन्य क्वारेन्टाइनमा बसेका दुई सय बढी भारतीय नागरिकलाई मंगलबार भारत पठाइएको छ ।

लकडाउन सुरुभएदेखि नेपालका विभिन्न भागमा मजदुरी गरी भारत फर्किने क्रममा वीरगञ्ज पुगेका उनीहरूलाई मंगलबार भारत पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

उनीहरूलाई अलौ सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी) नाका हुँदै भारत पठाइएको उनले बताए । आफ्ना नागरिकलाई लिन भारतले आईसीपीमा ७ वटा बस पठाएको थियो ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वीचम्पारण जिल्लाका डीएम सर्वत अशोक कपिललाई जिम्मा लगाएर उनीहरूलाई भारत पठाइएको उनले बताए ।

बस्नेतका अनुसार भारत फर्किनेमा क्यम्पसको क्वारेन्टाइनमा बसेका ९९ जना र वीरगञ्जस्थित आफन्तकोमा बसेका गरी दुई सयभन्दा बढी रहेका छन् । भारत फर्किएकाहरूको वास्तविक तथ्यांक संकलनको काम भइरहेको उनले बताए ।

भारत फर्किनेमध्ये एकजना कोरोना संक्रमण निको भएर फर्किएका व्यक्ति रहेका छन् । अन्य दुई जनामा भने पुनः संक्रमण देखिएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?