Comments Add Comment

सीमामा रोकिएका ८ सय प्यूठान भित्रिए

१० जेठ, प्यूठान । नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्यूठानका स्थानीय तहले जिल्लामा ल्याउन सुरु गरेका छन् ।

भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएका करिब ८ सय प्यूठानीलाई अहिलेसम्म जिल्ला भित्राइएको हो ।

जिल्लाका ७ सय ९६ प्यूठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन । जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना छन् । त्यसैगरी, स्वर्गद्वारी गाउँपालिकाका १७७ र प्यूठान नगरपालिकाका १२४ जनालाई स्थानीय तहले सीमाबाटै उद्धार गरी स्थानीय तहका ल्याएर क्वारेन्टिनमा राखेका छन् ।

स्थानीय तहले खर्च व्यहोर्ने गरी सबै पालिकाले सीमामा रोकिएका आफ्ना पालिकाका नागरिकलाई ल्याउने काममा खटिएको माण्डवीका अध्यक्ष श्रीधर रोकाले बताए । भारतका विभिन्न शहरमा रोजागारीका लागि गएकामा प्यूठानका करिब ३१ हजार रहेको स्थानीय तहको तथ्यांक छ ।

भारतमा अलपत्र आफ्ना नागरिक सीमासम्म आएपछि स्थानीय तहले सीमामा पुगेर ल्याएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए । ‘सीमामा अलपत्र परेका नागरिकको उद्धार गरिरहेका छौँ,’ रोकायले भने, ‘१४ दिन क्वारेन्टाइनमा राखी परीक्षणपछि मात्रै घर पठाउने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment