+
+

उच्च ज्वरो आएका बालकमा एन्टिबडी पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १०:२३

११ जेठ, वीरगञ्ज । उच्च ज्वरोका कारण वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएका ९ वषर्ीय एक बालकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ ।

शनिबार राति ९ बजेको समयमा अस्पताल भर्ना भएका वीरगञ्ज महानगरपालिका-२८ स्थित वगहीका बालकको आरडीटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

डा. उपाध्यायले भने, ‘बालकलाई पाँच दिनदेखि ज्वरो आएको रहेछ । दुई दिनअघि भवानी अस्पतालमा उनलाई भर्ना गरिएको रहेछ । भवानीले त्यहाँबाट रिफर गरी हामी कहाँ पठाएको रहेछ । उनको ज्वरो नाप्दा १०३ डिग्री थियो । अहिले भने उनको स्वास्थ्य सुधारोन्मुख छ ।’

राति नै उनको पीसीआर परीक्षणका लागि स्वाब लिने काम भइसकेको डा. उपाध्यायले बताए ।

पाँच दिनदेखि ज्वरोले थलिएका कारण उनी कमजोर देखिए पनि अहिले भने स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?