+

८ राष्ट्रले मात्रै जितेका छन् फिफा विश्वकप, फाइनल पुगेर पनि उपाधि नजित्ने ५ राष्ट्र

२०८३ जेठ  ९ गते १६:२१ २०८३ जेठ ९ गते १६:२१
८ राष्ट्रले मात्रै जितेका छन् फिफा विश्वकप, फाइनल पुगेर पनि उपाधि नजित्ने ५ राष्ट्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ सुरु हुन तीन साता मात्र बाँकी छ र यसपटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
  • विश्वकप फुटबलको इतिहासमा ८ राष्ट्रले मात्र उपाधि जितेका छन् र ब्राजिलले पाँच पटक उपाधि जितेको छ।
  • अर्जेन्टिना, जर्मनी, इटली, उरुग्वे, फ्रान्स, इंग्ल्यान्ड र स्पेनले पनि विश्वकप उपाधि जितेका छन्।

९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन अब तीन साता मात्र बाँकी छ । विश्वकप फुटबल नजिक आइरहँदा अहिले विश्वकप उपाधि कसले जित्ला भनेर सर्वत्र चासो र कौतुहलता छ ।

यस पटक टिम संख्या बढेर ४८ पुगेको छ भने अहिलेसम्मकै सर्वाधिक १०४ खेल पनि हुनेछ । त्यसैले यस पटकको विश्वकप यसअघिका संस्करणहरु भन्दा केही फरक हुनेछ । त्यसैले उपाधि जित्ने टिमको अनुमान लगाउन पनि अलि गाह्रो हुन सक्छ ।

विश्वकपको इतिहास हेर्ने हो भने अहिलेसम्म ८ राष्ट्रले मात्र विश्वकप उपाधि जितेका छन् । विश्वकपको ९६ वर्षे इतिहासमा ८० राष्ट्रले विश्वकप खेलिसकेका छन् । त्यसमा १३ राष्ट्रले फाइनलसम्मको यात्रा तय गरेका छन् भने ८ राष्ट्रले उपाधि जितेका छन् ।

उपाधि जित्नेमा पनि युरोप र दक्षिण अमेरिकी राष्ट्रकै बाहुल्यता छ । त्यसमा ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । सन् १९५८ मा पहिलो पटक विश्वकप जितेको ब्राजिले त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा उपाधि जितेको थियो ।

यस्तै युरोपियन राष्ट्र जर्मनी र इटलीले समान ४ पटक उपाधि जितेका छन् ।सन् १९३४ र १९३८ मा लगातार दुई पटक विश्वकप जितेको इटलीले सन् १९८२ र २००६ मा पनि उपाधि जितेको थियो । यस्तै पश्चिम जर्मनीको रुपमा १९५४ मा उपाधि जितेको जर्मनीले सन् १९७४, १९९० र २०१४ मा उपाधि जितेको थियो ।

पछिल्लो पटक २०२२ को च्याम्पियन अर्जेन्टिनाले तीन पटक उपाधि जितेको छ । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि जितेको थियो ।

यस्तै उरुग्वेले सन् १९३० को पहिलो संस्करण र १९५० मा उपाधि जितेको थियो । फ्रान्सले १९९८ र २०१८ मा उपाधि जित्दा इंग्ल्यान्डले १९६६ र स्पेनले २०१० मा उपाधि जितेको थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय