Comments Add Comment

रुकुम पश्चिमको घटनामा कांग्रेसले माग्यो गृहमन्त्रीको जवाफ

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा स्थानीयको आक्रमणमा दलित युवकले ज्यान गुमाएको घटनामा गृहमन्त्रीको जवाफ माग गरेको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।

उनले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताए ।

‘छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनुपर्दछ । जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई विहेबारीमा परिणत गर्न गएको केही दलितमाथि भएको सांघातिक हमला र हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटनाप्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु’ उनले भने ।

अधिकारीले अपराधसंग सम्बन्धित व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडितलाई गरेको सहयोग बारे गृहमन्त्रीसंग जानकारी माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment