Comments Add Comment

‘बार्सिलोनाका पाँच खेलाडीमा देखिएको थियो कोरोना संक्रमण’

२० जेठ, काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका पाँच खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको र उनीहरु हाल निको भइसकेको एक रेडियोले जनाएको छ ।

क्याटलाना रेडियो स्टेसन आरएसी वानले बार्सिलोनाको पाँच खेलाडीमा कोरोना देखिएको दावी गरेको हो । रेडियोका अनुसार अहिले उनीहरु निको भइसकेका छन् ।

रेडियोले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । तर स्पेनमा कोरोना महामारी  सुरु हुँदाताका नै बार्सिलोनाका खेलाडीमा संक्रमण देखिएको उसले जनाएको छ ।

यस्तै आरएसीले बार्सिलोनाको दुई जना कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण देखिएको दावी गरेको छ ।

बार्सिलोनाले यस बारे कुनै समाचार सार्वजनिक गरेको थिएन र रेडियोको पछिल्लो रिपोर्टबारे कुनै प्रतिक्रिया पनि दिएको छैन ।

कोरोना भाइरस महामारीले स्थगित ला लिगा यही जुन ११ देखि फेरि शुरु हुँदैछ र लिग लिडर बार्सिलोनाले जुन १३ मा मालोर्कासंग खेल्दैछ ।

केही दिनअघि कप्तान लिओनल मेसीले कोरोना भाइरसपछि फुटबल र जीवन उस्तै नहुने प्रतिक्रिया दिएका थिए ।

केही साताअघि पहिलो पीसीआर विधिबाट गरिएको परीक्षणमा बार्सिलोनाले क्लबमा कसैलाई पनि पोजेटिभ नदेखिएको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment