+
+
Shares

पसल खुलेको विषयमा उच्चस्तरीय समितिलाई जानकारी गराउने उपत्यकाका सीडीओहरुको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १४:४४

२२ जेठ, काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले लकडाउन उल्लंघनबारे कोभिड–१९–सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेका छन् ।

पछिल्लो समय  काठमाडौं उपत्यकामा व्यवसायीहरुले आफूखुसी पसल खोल्न थालेका छन् । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा यसबारे छलफल भएको थियो । यो समस्याबारे उच्चस्तरीय समिति र सीसीएमसीलाई जानकारी गराउने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले लकडाउन कडा वा खुकुलो बनाउने आफूहरुको क्षेत्राधिकार नभएको बताए । उनले भने, ‘हामी कार्यान्वयन गर्ने निकाय हौं । सरकारले नयाँ निर्णय नगर्दासम्म पुरानो निर्णय कार्यान्वयन गराउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?