+
+

काठमाडौं आइपुगे म्यानमारमा रहेका २६ नेपाली [ फोटो फिचर ]

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते १३:२४

२३ जेठ, काठमाडौं । पहिलो चरणमा सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको छ । म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई शुक्रबार काठमाडौंमा आइपुगेका हुन् ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)को संयोजनमा उद्दार गरेर ल्याइएका सबैलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगिएको छ ।

२६ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ भएकोले एकदिन मात्रै होल्डिङ सेन्टरमा राखेर उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने तयारी गरिएको छ ।

उद्द्धार गरिएका २६ जना युवादेखि वृद्ध उमेर समूहका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?