+
+
Shares

शुरु भयो दराज फस्ट गेम्स : निशुल्क गेम खेलेर सपिङ भउचर जित्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते २१:२१

२३ जेठ, काठमाडौं । अनलाइन बजार दराजले दराज फस्ट गेम्स (डिएफजी) शुक्रबारदेखि सुरु गरेको छ। दराजले विश्वकै लोकिप्रिय गेमिङ प्लेटफर्महरुमध्ये एक पेटिएम फस्ट गेम्ससँग मिलेर डिएफजी शुरू गरेको हो।

दराज फस्ट गेम्स दराज एपमा एक रमाईलो गेमिङ प्लेटफर्म हो। जहाँ दाराज प्रयोगकर्ताहरूले निःशुल्क अनलाइन गेमहरू खेल्न सक्नेछन्। साथै दराज भउचरहरू सहित अन्य रोचक पुरष्कारहरु जित्नसक्ने दाराजले बताएको छ।

पेटिएम सँगको साझेदारीअनुसार दराजले पेटीएमको उच्च प्रविधि र डिजिटल गेमिंग क्षेत्रमा रहेको अनुभव लिनसक्छ।

दराज फस्ट गेम्समा प्रयोगकर्ताहरुले रेसिंग, एक्शन, शुटिंग, र आर्केड र अन्य अरु प्रकारक गेमहरु निशुल्क खेल्न पाउँनेछन्।
यसका साथै, गेमरहरूले दुबै टोर्नामेन्ट मोड र १ः१ मोडमा भाग लिन सक्नेछन्। जहाँ उनीहरूले आफ्ना साथीभाइ, परिवार, वा अन्य प्रयोगकर्ताहरूसँग अनलाइन खेल्न सक्छन्।

प्रयोगकर्ताहरुले डिएफजी मार्फत र १६ सय सम्मको भाउचर सहित अन्य रोचक पुरस्कारहरू जित्नसक्छन्। यो उनीहरूले अनलाइन सपिङ गर्दा प्रयोग गर्नसक्ने दराजले बताएको छ।

प्रयोगकर्ताहरूले डिएफजी केवल दराजको एन्ड्रोइड एपमा खेल्न सक्छन्। खेल्न र जित्न, प्रयोगकर्ताहरूले के गर्ने यहाँ दिइएको छः
-दराज एप डाउनलोड गरेर खोल्ने
-दराज अकाउन्ट खोलेर र लगईन गर्ने
-होमपेजमा डिएफजी को आइकनमा ट्याप गर्नुहोस्
-खेल खेल्न र अंकहरू जित्नको लागि कुनै पनि गेम चयन गर्ने

दराजको मुख्य उद्देश्य दराज प्रयोगकर्ताहरूलाई सबैभन्दा आकर्षक र रमाईलो विश्व चर्चित गेमहरू प्रदान गर्नु रहेको दराज नेपालका ट्राफिक अपरेशन प्रमुख विद्या प्रधानले बताए।

हाल गेमरहरूले दराज फस्ट गेम्समा १९ वोटा गेमहरु खेल्न सकिन्छ।, जसमा लुडो, निन्जा डुअल, बाइक रेसिंग र अन्य धेरै समावेश छन्। दराजले आगामी दिनहरूमा अझै धेरै गेमहरु थप्ने दाबी गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?