Comments Add Comment
फोटो फिचर :

प्रकृतिमा रंगीन जीवन…

१ असार, काठमाडौं । प्रकृतिको अनेकन सिर्जनाहरुले यो संसारलाई निकै सुन्दर बनाएको छ । प्रकतिमा धेरै श्रृष्टिका यति धेरै सुन्दर उपजहरु छन् कि मान्छेले हामी अनुमान पनि लगाउन सक्दैनौं ।

कृत्रिमतातर्फ उन्मुख मानव समाज विकासको क्रममा अघि बढे भन्दै गर्दा यो प्रकृतिमा पहिलेजति रमाउन छाड्दैछ ।

जतिजति शहरीकरण र औद्योगीकरण फैलिँदै गएको छ, प्रकतिसँग मान्छेको निकटता र सामिप्यता घट्दै गएको छ । तर, पनि प्रकति विना जीवन सम्भव कसरी होला ?

आफूलाई सर्वश्रेष्ठ घोषित गरेका हामी मान्छेहरु प्रकृतिमा विचरण गर्न भ्याइरहेका छैनौं । तर, संसारमा अस्तित्वमा रहेका लाखौं त्यस्ता जीवजन्तु छन्, जो प्रकृतिबाट एक मिनेट अलग्गिन सक्दैनन् । उनीहरु नै प्रकृतिका विम्व बनेका छन्, प्रकृति नै उनीहरुको जीवनआधार ।

त्यसलाई नजिकबाट हेर्न र अनुभव गर्न मान्छे चुकिरहेकै छ । खुला सांसारमा रमाएका हजारौं किरा/फट्यांग्रासहित अनेकन सुक्ष्म जीवहरुको पनि आ–आफ्नै अस्तित्व र महत्व छ ।

आकाश, खोला, झरना, वन र बगैँचा, झाडी बुट्यानमा रमाइहरेका कयौं जीवको जीवनलाई मान्छेले महत्वको साथ हेरेकै हुँदैन, तिनीहरुको सुन्दरताई नजिकबाट निकालेकै हुँदैन ।

स्वच्छन्द भएर निस्फिक्री बाँचेका यी जीवहरु क्यामेराको लेन्सबाट हेर्दा लाग्छ, ‘वरिपरि हुर्केका अनेक सुन्दर र रंगिन जीवनहरुलाई मान्छेले कहिलेबाट निकाल्ला ?’

       

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment