Comments Add Comment

अमेरिकामा तेस्रो लिङ्गीलाई सर्वोच्च अदालतले दियो कानुनी संरक्षण

२ असार, काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले मुलुकमा तेस्रो लिङ्गी भएको कारण रोजगारीबाट निकाल्ने रोजगारदाताले कानुन मिचिरहेको उल्लेख गरेको छ । संघीय कानुन अनुसार लिङ्गको आधारमा कुनै किसिमको भेदभाव गर्न नपाइने उल्लेख गरेको छ ।

अमेरिकी सर्वोच्च अदालतले गरेको यो फैसलालाई तेस्रो लिङ्गीको जित भएको भन्दै उत्सव मनाइएको छ । रोजगारदाताको तर्फबाट बहस गर्ने वकिलहरुले भने मानव अधिकारको नियम लिङ्गको पहिचान तथा लैङ्गकि आकर्षणको आधारमा लागू हुने उद्देश्य नरहेको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पको प्रशासनले पनि यसलाई समर्थन गर्दै आएको छ ।

यद्यपि ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश नील गोर्सचले कर्मचारीलाई लिङ्गकै आधारमा कामबाट निकालिएको पाइएको बताएका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले लैङ्गकि आधारमा हुने भेदभावविरुद्धको नियम ल्याएका थिए । तर, ट्रम्प प्रशासनले भने स्वास्थ्य सेवा र अन्य क्षेत्रहरुमा दिएको संरक्षण फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment