Comments Add Comment

वर्षा लेख्छिन्–‘यहाँ पाइला-पाइलामा मानसिक तनाव भोग्नुपर्छ’

नायिका वर्षा सिवाकोटीले चलचित्र क्षेत्रमा हुने गरेको ‘परिवारवाद र ग्रुपिज्म’का कारण असर पर्ने गरेको बताएकी छन् । बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै यतिबेला ‘परिवारवाद र नातावाद’ हाबी भएका कारण कलाकारहरू डिप्रेसनमा जाने गरेको र गलत बाटो रोज्ने गरेको विषयमा पनि प्रश्न उठेको छ ।

यही विषयमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै वर्षाले भनेकी छन्–‘परिवारवाद सबैतिर हुन्छ । चलचित्र नगरी छर्लङ्ग भएकाले यो देखिएको हो । सत्य बोल्ने आँट कमैसँग मात्र हुन्छ । यस्तो कुरा बोल्दा करियरमा असर पर्छ, कामको अभाव हुन सक्छ भन्ने धेरैलाई सोच्छन् । तर परिवारवादले मात्र चलचित्र क्षेत्र रुमलिएको छैन । यहाँ ग्रुपिज्म, प्रेमका कुरा, तुलना, चलचित्र पत्रकार र कलाकारबीच अनावश्यक निकटता आदि कारणले पनि नकारात्मक असर परेको छ ।’

यो पनि पढ्नुहोस नम्रताको आक्रोश–‘फिल्म क्षेत्रमा आफ्नालाई च्यापिन्छ, अरू डिप्रेसनमा नगएर के गर्नु ?’

वर्षाले आफूले यी सबै कुरा भोगेको बताएकी छिन् । उनले लेखेकी छिन्–‘यहाँ नाम एउटै भएका कारण तुलना हुन्छ । जति नै राम्रो, फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउँमा मलाई मानसिक पीडा भएको मेरो नजिकका केहीबाहेक कसैलाई थाहा छैन । केही समय अगाडि म पनि डिप्रेसनमा थिएँ । यहाँ त इन्स्टाग्राम, फेसबुकको फलोअर्सको आधारमा कामको मूल्याङ्कन गरिन्छ । जसको धेरै फलोअर्स छन्, उसलाई कामको अफर आउँछ । युट्युबमा धेरै अन्तर्वार्ता दिने कलाकार हिट मानिन्छ । यी सबैको सामना गरेर आफ्नो स्थानमा बसेर अगाडि बढ्ने प्रयासमा जोड दिन जरुरी छ ।’

वर्षाले कलाकारका छोराछोरी भन्दैमा काम पाइनहाल्ने पनि बताएकी छन् । दर्शकले नै कामको मूल्याङ्कन गर्ने उनको तर्क छ । उनले आफूले स्टार किडको विषयमा अभिव्यक्ति दिँदा धेरैले अब यो क्षेत्रमा काम पाउन मुस्किल छ भन्ने गरेको बताउँदै लेखेकी छिन्–‘यो लकडाउन नभएको भए मैले साइन गरेका कति चलचित्र समय दिन नसकेर छाड्नुपर्ने अवस्था थियो । यसैले आफ्नो काममा पूर्ण मेहनत, विश्वास र समर्पणका साथ अगाडि बढ्न सके कुनै वादले छुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment