+
+
Shares

कांग्रेस १५औं महाधिवेशन : यी हुन् सर्वाधिक मत पाउने गगनसहितका शीर्ष १० नेता

सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवारको सूचीमा सभापति गगन थापासहित सहमहामन्त्री, खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र विभिन्न कलस्टरबाट निर्वाचित केन्द्रीय सदस्यहरू छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते ८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले ६ हजार ५८४ मतसहित सर्वाधिक मत पाएका छन्।
  • खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जनले ५ हजार ३३० मतसहित दोस्रो स्थान हासिल गरेका छन्।
  • खुला महिला केन्द्रीय सदस्य बसना थापाले ५ हजार १९३ मत पाएकी छन्, भने हरिप्रभा खड्की र प्रतिमा गौतम क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन्। उनले ६ हजार ५८४ मत पाएका छन्।

सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० नेताहरुको सूचीमा सभापति थापासहित सहमहामन्त्री, खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र विभिन्न कलस्टरबाट निर्वाचित केन्द्रीय सदस्यहरू छन्।

सूचीको दोस्रो स्थानमा खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन् । उनले ५ हजार ३३० मत प्राप्त गरेका छन्। खुला महिला केन्द्रीय सदस्य बसना थापा ५ हजार १९३ मतसहित तेस्रो स्थानमा छिन्।

काठमाडौं उपत्यका, बागमती प्रदेश महिला केन्द्रीय सदस्य हरिप्रभा खड्की ५ हजार १२६ मतसहित चौथो स्थानमा रहँदा महिला सहमहामन्त्री प्रतिमा गौतम ५ हजार ११६ मतसहित पाँचौँ स्थानमा छिन्।

त्यस्तै, खुला केन्द्रीय सदस्य निष्कल राईले ४ हजार ९५६, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य तीर्थ लामाले ४ हजार ८५३ र दलित सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले ४ हजार ८०३ मत प्राप्त गरेका छन्।

खुला केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ र युवा केन्द्रीय सदस्य इन्जिनियर सुभाष पौडेल ४ हजार ५४९ मतसहित दसौँ स्थानमा छन्।

महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवारको विवरण यस्तो छ :

स्थान उम्मेदवारको नाम पद प्राप्त मत
१ गगनकुमार थापा सभापति ६,५८४
२ चिरीबाबु महर्जन खुला केन्द्रीय सदस्य ५,३३०
३ बसना थापा खुला महिला केन्द्रीय सदस्य ५,१९३
४ हरिप्रभा खड्की काठमाडौं उपत्यका, बागमती प्रदेश महिला केन्द्रीय सदस्य ५,१२६
५ प्रतिमा गौतम महिला सहमहामन्त्री ५,११६
६ निष्कल राई खुला केन्द्रीय सदस्य ४,९५६
७ तीर्थ लामा आदिवासी जनजाति खुला केन्द्रीय सदस्य ४,८५३
८ प्रकाश रसाइली स्नेही दलित सहमहामन्त्री ४,८०३
९ इन्द्रबहादुर बानियाँ खुला केन्द्रीय सदस्य ४,७३२
१० इन्जिनियर सुभाष पौडेल युवा केन्द्रीय सदस्य ४,५४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?