News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै संसद्मा छलफल गरेर मात्रै कानुन बनाउनुपर्ने बताएको छ।
- संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत कानुन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रियाअनुकूल नभएको बताइन्।
- थापाले कानुनमन्त्री सोविता गौतमले विगतमा उठाएको संशोधन र अहिलेको अडानबीच विरोधाभास रहेको टिप्पणी गरिन्।
३० असोज, काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै यस विषयमा संसद्मा छलफल गरेर मात्रै कानुन बनाउनुपर्ने बताएको छ ।
शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत कानुन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रियाअनुकूल नभएको बताइन् ।
उनले कानुनमन्त्री सोविता गौतमले विगतमा उठाएको संशोधनको विषय र अहिले सरकारमा रहँदा लिएको अडानबीच विरोधाभास रहेको टिप्पणी गरिन् ।
‘हिजो आफैँले राख्नुभएको संशोधन हिजो राम्रो हुने, आज त्यही संशोधन गलत हुने किन भन्ने प्रश्न उठेको छ,’ थापाले भनिन्, ‘भूमिसम्बन्धी अध्यादेश ल्याउँदा पनि नेपाली कांग्रेसले विरोध जनाएको थियो । यसलाई दफावार रूपमा सदनमा छलफल गरेर अगाडि बढाउनुपर्छ भन्नेमा हामी त्यतिबेला पनि अडिग थियौँ र आज पनि त्यही अडानमा छौँ ।’
कांग्रेसले भूमिसम्बन्धी कानुन निर्माण गर्दा संसद्को सार्वभौम मञ्चमा विस्तृत छलफल हुनुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया 4