+
+
Shares

कांग्रेस देउवा समूहको कालिकोट सभापतिमा विष्ट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कालिकोट जिल्ला अधिवेशनबाट नगेन्द्रबहादुर विष्ट सर्वसम्मत जिल्ला सभापति निर्वाचित भएका छन् ।
  • जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन् भने सचिवमा नेत्रबहादुर शाही र सविनकुमार बिष्ट चयन भएका छन् ।
  • देउवा समूहले २१–२३ मंसिरमा १५औं महाधिवेशन गर्ने मिति घोषणा गरेर विभिन्न जिल्लामा अधिवेशन गरिरहेको छ ।

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सभापति निर्वाचित भएका छन् ।

समानान्तर महाधिवेशनको तालिका अघि बढाएको यो समूहको जिल्ला अधिवेशनबाट विष्ट सभापति निर्वाचित भएका हुन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

त्यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन् । नेत्रबहादुर शाही र सविनकुमार बिष्टलाई सचिव चयन गरिएको नेता शाहीले बताए ।

उनका अनुसार, गोरखबहादुर बटाला कोषाध्यक्ष र मनबहादुर बुढा तथा धिरबहादुर शाहीलाई सहसचिव चयन गरिएको छ ।

यो समूहले २१–२३ मंसिरमा १५औं महाधिवेशनको मिति घोषणा गरेको छ भने विभिन्न जिल्लामा अधिवेशन समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?