+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नम्रताको आक्रोश–‘फिल्म क्षेत्रमा आफ्नालाई च्यापिन्छ, अरू डिप्रेसनमा नगएर के गर्नु ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते ७:३०

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन पश्चात यतिबेला चलचित्र नगरीमा परिवारवाद हाबी भएको विषयले फेरि एक पटक चर्चा पाएको छ । चलचित्र क्षेत्रमा परिवारवाद हाबी हुँदा अन्य कलाकारको अवस्था यस्तै हुने भन्ने खालको टिप्पणी भइरहेको छ ।

नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आवाज उठाउन थालेका छन् । नायिका नम्रता सापकोटाले ‘परिवारवाद’को विषयमा बलिउडसम्म पुग्नै नपर्ने भन्दै नेपाली चलचित्र क्षेत्रमा नै यो हाबी भएको उल्लेख गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत उनले भनेकी छिन्–‘बलिउडको किन कुरा गर्नुपर्‍यो, सबै त म भन्दिन तर हाम्रो क्षेत्रमा नै अधिकांश यस्तो उदाहरण छ । कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन छ । कलाकार चाहियो भनेर घोषणा गरिन्छ, तर अन्त्यमा आफ्नै छोराछोरी, भतिजा–भतिजीलाई नै लिएर काम गरिन्छ ।’

उनले बाबुले चलचित्र बनाउने अनी छोराले महँगो पारिश्रमिक लियो भनेर हल्ला फिजाइने गरिएको पनि उल्लेख गरेकी छिन् । नम्रता अगाडि भन्छिन्–‘यहाँ मैले मेहनत गरेको छु भनेर केही नै हुँदैन । जसको राम्रो पकड छ, अभिनय जिरो भए पनि जसले व्यापार दिन सक्छ उसैले यहाँ काम पाउँछ । वास्तविक कलाकारको त यहाँ काम नै छैन । कसैले पनि वास्तविक कलाकारलाई यहाँ गन्दैन । म कलाकार भएरभन्दा गलत सोचिएला तर मैले मात्र होइन धेरैले यही महसुस गर्नुभएको छ ।’

उनले ५०-६० प्रतिशत चलचित्रकर्मीले आफ्नैलाई महत्व दिँदा अरू कलाकार डिप्रेसनमा नगएर के गर्नु त भनेर प्रश्न समेत सोधेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?