Comments Add Comment

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२ सय नाघ्यो

एक हजार बढी डिस्चार्ज भए

१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा ५ संक्रमित

काठमाडौं उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

डिस्चार्ज हुनेको संख्या एक हजार नाघ्यो

यसैबीच, कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूमध्ये एक हजार जनाभन्दा बढी डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सोमबारसम्म १०४१ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।

सोमबारको अपडेट सुनाउने क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा मात्रै ७३ जना डिस्चार्ज भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment