+
+
Shares

झोलुङगे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली बजार (तस्वीरहरू)

पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा पैदल यात्रुका लागि पुल उपयोगी बनेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक १ गते १९:३२

१ कात्तिक, नुवाकोट । भदौ १० को बाढीले पुल बगाएपछि ठप्प बनेको नुवाकोटको ढुङ्गे बजार र त्रिशूली बजारको आवतजावत झोलुङ्गे पुल निर्माण भएपछि सहज बनेको छ ।

बाढीपछि निर्माण गरिएको पुल पूर्ण रूपमा तयार भइसकेको छैन । तर, पैदल यात्रुका लागि पुल खुला गरिएको छ । दसैँपछि पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गर्ने तयारी छ ।

पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा पैदल यात्रुका लागि पुल उपयोगी बनेको छ ।

निर्माण कार्य पूरा भएपछि पुलले ढुङ्गे र त्रिशूली बजारबीचको आवतजावतलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?