Comments Add Comment

कोरोना संक्रमित ८० लाख नाघे

२ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ८० लाख नाघको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ८० लाख ३४ हजार ४६१ संक्रमित फेला परेका छन् ।

सबैभन्दा धेरै अमेरिकामा २१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा संक्रमितको संख्या आठ लाख ८८ हजार नाघेको छ । त्यस्तै रुमिा पनि पाँच लाख ३६ हजारभन्दा धेरै संक्रमित छन् ।

त्यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख ३६ हजार ९०१ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा एक लाख १६ हजारभन्दा धेरै छ भने ब्राजिलमा ४३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । बेलायतमा पनि मृतकको संख्या ४१ हजारभन्दा धेरै छ ।

अहिलेसम्म विश्वभर ३८ लाख ५७ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment