Comments Add Comment

बेइजिङका स्कुल, खेल र मनोरञ्जन स्थल बन्द

कोरोना संक्रमित भेटिएको होलसेल मार्केटको जनरल म्यानेजर बर्खास्त

२ असार, काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङमा कडा पाबन्दी लगाइएको छ । बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरू बन्द गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक पोस्ट राखिएको छ ।

बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ । खेल र मनोरञ्जन केन्द्र पनि बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयहरूमा प्रवेश गर्नेहरूको शरीरको तापक्रम जाँच्न थालिएको छ ।

ग्लोबल टाइम्स लेख्छ– यस्तो लाग्छ राजधानी अब चीनको अन्य क्षेत्रको लागि ‘नो गो जोन’ बनेको छ । किनभने धेरै क्षेत्रहरूले बेइजिङको यात्राका लागि सतर्कता बढाएका छन् र बेइजिङ आगमनमा पनि स्वास्थ्य जाँच कडा पारिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने सो होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए ।

यो होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेपछि सावधानीका कडा उपाय उपनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment