Comments Add Comment

स्पेनको क्याटालोनियामा फेरि लकडाउन

२१ असार, काठमाडौं । स्पेनको क्याटालोनियामा क्षेत्रमा पुनः कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लकडाउनको घोषणा गरिएको छ ।

क्याटालोनियाको सरकारले दुई लाख १० हजार मानिसको बसोवास भएको सेज्रिया क्षेत्रमा लकडाउन घोषणा गरेको हो । यो क्षेत्र बार्सिलोनाको पश्चिममा रहेको कृषिका लागि महत्वपूर्ण क्षेत्र हो । जसमा इएडा सहर पनि समावेश छ ।

लकडाउन शनिबारदेखि शुरु भएको हो । यससँगै यो क्षेत्रमा सबैलाई आउन र जानमा रोक लगाइएको छ । यद्यपि यो क्षेत्रभन्दा बाहिरका मानिसहरुलाई भने र्फकन दिइनेछ । क्याटालोनिया स्पेनमा सबैभन्दा धेरै प्रभावित हुनेमध्येको एक राज्य हो । ७५ लाख जनसंख्या रहेको यो राज्यमा अहिलेसम्म ७२ हजार ८६० संक्रमित फेला परिसकेका छन् । साथै यो राज्यमा १२ हजार ५८६ जनाको मृत्यु पनि भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment