+
+
Shares

कलाकार संघमा कलाकारका उजुरी, समाधानको बाटो के ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १४:५५

तीन महिना लामो लकडाउनको समयमा नेपाली चलचित्रका थुप्रै कलाकार विवादित बने । धेरै कलाकारहरू आफूले दिएको अभिव्यक्तिका कारण विवादमा तानिए । कलाकार–कलाकारबीचको झगडा छताछुल्ल भयो । कलाकारहरूले सामाजिक सञ्जालमा के बोल्ने, के नबोल्ने हेक्का नै राखेनन् । आफ्नै सहकर्मीका विरुद्ध उनीहरूले विष बमन गरे । यस्ता घटना बाहिर छताछुल्ल पार्दा चलचित्रमा काम गर्ने कलाकारलाई हेर्ने आम मानिसको दृष्टिकोण कस्तो हुन्छ भनेर कसैले सोचेन । नेपाली चलचित्रको लागि लकडाउनको समय खराब रह्यो ।

कलाकारहरूले सार्वजनिक रुपमै आरोपप्रत्यारोप गरेपछि चलचित्र कलाकार संघले उनीहरूलाई अनुशासनमा रहन चेतावनी पनि दिएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का भन्छन्–‘कलाकारहरूबीचको झगडालाई हामीले मिलाउने प्रयास गर्छौं । यदि, कलाकारले संघलाई आफ्नो अभिभावक ठान्छन् भने पहिले संघमा आएर कुरा राख्नुपर्छ। सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन ।’

कलाकार संघमा लकडाउनको समयमा नायक भुवन केसीले मात्र उजुरी दिएका छन् । तर केही कलाकार आफ्नो समस्या लिएर उजुरी दिने तयारीमा पनि छन् । केही नवनायिकाहरूले निर्माताले गरेको शोषणको विषयमा सार्वजनिक रुपमै बोल्न चाहेको भन्दै कलाकार संघसँग अनुमति पनि मागेका छन् ।

चलचित्र कलाकार संघले उजुरी परेका घटनाहरूलाई समाधान गर्ने बताएको छ । संघका अध्यक्ष खड्का भन्छन्–‘हामीले मिलाउन सकेनौं भने कानुनी बाटो रोज्न सकिन्छ । तर अभिभावक संस्था भएका नाताले पनि कलाकार संघमा कलाकारले गुनासो गरेको खण्डमा हामी आफैँले चाल्नुपर्ने सबै कदम चाल्छौं ।’

अध्यक्ष खड्काले, पारिश्रमिकको विवादमा परेका कलाकारलाई सार्वजनिक रुपमा बोल्नु अगाडि प्रमाणसहित कलाकार संघमा उजुरी दिन पनि आग्रह गरेका छन् । उनले नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको लफडालाई संघले नै समाधान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?