Comments Add Comment

माइतीघरमा डाक्टरको नारा : बिरामी हेर्न मन छ, तर कुटाइ खाने डर छ

२१ असार, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकको एउटा टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो ।

घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको आन्दोलनमा सहभागी नेपाल मेडिकल कलेजका डा. मणिविकास गुप्ताले जानकारी दिए ।

आइतबारको प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू सहभागी थिए ।

प्रदर्शनमा सहभागी चिकित्सकले बिरामी हेर्न मन छ, तर अझै कुटाइ खाने डर छ, लाठीको जवाफ लाठीमै दिनु ? न्याय खै ? जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment