+

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

२०८३ जेठ  १ गते १३:४४ २०८३ जेठ १ गते १३:४४
शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका ४० स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका छन्।

१ जेठ, काठमाडौं । काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबारदेखि उनीहरू आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका हुन्।

श्रम शोषणमा परेपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । नर्सलाई उचित पारिश्रमिक देऊ, श्रम शोषण गर्न पाइँदैन भन्ने लगायतका पर्चा बोकेर स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा धर्ना दिएका छन् ।

हेल्थ असिस्टेन्ट अविराज शाहीका अनुसार नर्स, हेल्थ असिस्टेन्ट लगायतका स्वास्थ्यकर्मीले मासिक १९ हजार मात्रै पारिश्रमिक पाउँदै आएका छन् । ‘हामीले पटक–पटक अस्पताल प्रशासनलाई सरकारले तोकेको तलब दिन अनुरोध गर्‍यौं’ शाहीले भने, ‘तर हाम्रो माग उहाँहरूले कुनै सुनुवाइ नै गर्नुभएन ।’

अस्पतालका ४० जना स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । बिहीबार मात्रै माग पूरा नभएर ड्युटी गर्न असमर्थक रहेको भन्दै अस्पताल प्रशासनलाई पत्र दिएका थिए । ‘लामो समयदेखि तलब र अन्य सेवा सुविधासम्बन्धी माग राख्दै आएका छौं, तर हालसम्म मागप्रति कुनै ठोस निर्णय हुन सकेको छैन ’ पत्रमा भनिएको छ । माग पूरा नहुँदासम्म ड्युटीमा उपस्थित हुन नसक्ने अडान उनीहरूले राखेका छन् ।

निजी स्वास्थ्य संस्थामा श्रम शोषण भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएपछि सरकारले स्टाफ नर्सलाई कम्तीमा पनि मासिक ३४ हजार ७०० पारिश्रमिक दिन निर्देशन दिइएको छ । तर कतिपय अस्पतालले त्यसलाई कार्यावन्यन गर्न अटेर गरेका छन् ।

आन्दोलन नर्स पारिश्रमिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय