Comments Add Comment

भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित

२१ असार, काठमाडौं । भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरस कोभिड-१९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो ।

त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ६१४ जनाको मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ ।

त्यस्तै तामिलनाडुमा एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि एक हजार ४५० पुगेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यो राज्यमा तीन हजार चारजनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै संक्रमितमध्ये ७७३ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ७३६ जनाको मृत्यु भइसकेको छ । बिहारमा ११ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ८९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा चार लाख नौ हजार ८३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment