+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा कंगो एक गोलले अघि

२०८३ असार  १७ गते २२:३८ २०८३ असार १७ गते २२:३८

एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा डीआर कंगोले एक गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा डीआर कंगोले इंग्ल्यान्डविरुद्ध एक गोलको अग्रता लिएको छ ।
  • खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले चान्सेल म्बेम्बाको असिस्टमा गोल गर्दै कंगोलाई अग्रता दिलाएका हुन् ।
  • पहिलो हाफसम्म इंग्ल्यान्डले गोल गर्ने प्रयास गरे पनि कंगोका गोलकिपर लियोनल म्पासीले ती प्रहार विफल बनाएका छन् ।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको डीआर कंगोले इंग्ल्यान्डविरुद्ध एक गोल अग्रता लिएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा डीआर कंगोले एक गोलको अग्रता लिएको हो ।

७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । चान्सेल म्बेम्बाको असिस्टमा ब्रायनले गोल गरेका थिए ।

पहिलो हाफमा पहिलोपटक नकआउट चरणमा पुगेको कंगोविरुद्ध एकपटकको विश्वविजेता इंग्ल्याण्डले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेको छैन ।

इंग्ल्यान्डको प्रहारलाई कंगोका गोलकिपर लियोनल म्पासीले रोक्न सफल भएका छन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय