News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी युरोपियन टी-२० प्रिमियर लिग खेल्न आम्सरडम फ्लेम्समा अनुबन्धित भएका छन्।
- आम्सरडम फ्लेम्सले मिचेल मार्शको कप्तानीमा स्टिभ स्मिथ र टिम डेविडजस्ता चर्चित खेलाडीहरूसँगै ऐरीलाई टोलीमा सामेल गरेको छ।
- रोटरडम डर्कसले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ भने यो प्रतियोगिता आईसीसीको स्वीकृतिप्राप्त पहिलो बहुराष्ट्रिय टी-२० लिग हुनेछ।
नेपाली राष्ट्रिय टी२० टोलीका कप्तान तथा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आम्सरडम फ्लेम्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् ।
फ्लेम्सले बुधबार इन्स्टाग्रामार्फत ऐरीलाई अनुबन्ध गरेको घोषणा गरेको छ ।
फ्लेम्सले अस्ट्रेलियाका मिचेल मार्श कप्तान रहेको यस टिमले अस्ट्रेलियाकै स्टिम स्मिथ र टिम डेविडलाई पनि अनुबन्ध गरेको छ ।

बिहीबारै रोटरडम डर्कसले नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ ।
युरोपको विभिन्न चार राष्ट्रमा आयोजना हुन लागेको युरोपियन टी-२० प्रिमियर लिग फ्रेन्चाइजमा आधारित नयाँ टी–२० क्रिकेट लिग हो ।
आईसीसीको स्वीकृति पाएको बहुराष्ट्रिय टी–२० लिगका रूपमा ईटीपीएल पहिलो प्रतियोगिता हुनेछ ।
प्रतिक्रिया 4