News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली लेगस्पीनर सन्दीप लामिछानेले युरोपियन टी-२० प्रिमियर लिगमा रटरडाम डकर्सबाट खेल्ने भएका छन् ।
- यो प्रतियोगिता आईसीसीको स्वीकृति प्राप्त पहिलो बहुराष्ट्रिय टी-२० लिग हो ।
- लिगमा स्टिभ स्मिथ र मिचेल मार्श लगायतका चर्चित खेलाडीहरूले सहभागिता जनाउने छन् ।
१६ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले रटरडाम डकर्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् ।
क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
युरोपमा हुन लागेको यो नयाँ फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिग हो ।
यस प्रतियोगितामा अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथ र मिचेल मार्श सहभागी हुने भएका छन् भने पूर्वकप्तान स्टिभ वह र वर्तमान अलराउन्डर ग्लेन म्याक्सवेल टिमका मालिक समेत छन् ।
आईसीसीको स्वीकृति पाएको बहुराष्ट्रिय टी–२० लिगका रूपमा ईटीपीएल पहिलो प्रतियोगिता हुनेछ ।
प्रतिक्रिया 4