News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व राष्ट्रिय खेलाडी शरद भेषावकर नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टर तथा मेन्टरमा नियुक्त भएका छन् ।
- शरदको आगमनले टोलीको प्राविधिक र क्रिकेट व्यवस्थापन थप मजबुत हुने विश्वास गोर्खाजले लिएको छ ।
- शरदले आफ्नो अनुभव प्रयोग गर्दै काठमान्डु गोर्खाजलाई सफल बनाउन शतप्रतिशत योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१६ असार, काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी शरद भेषावकर नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजको ‘क्रिकेट डिरेक्टर’ नियुक्त भएका छन् । गोर्खाजले आउँदो सिजनका लागि शरदलाई क्रिकेट डिरेक्टर तथा मेन्टर नियुक्त गरेको हो ।
शरदले पहिलो संस्करणको एनपीएल चितवन राइनोजबाट खेलेका थिए । शरदको आगमनले प्राविधिक र क्रिकेट व्यवस्थापन अझ मजबुत हुने विश्वास गोर्खाजले लिएको छ । ‘प्रत्येक सिजन क्रिकेट व्यवस्थापनलाई अझ चुस्त बनाइरहेका छौं । क्रिकेटमा लामो समय बिताउनु भएका शरद जस्तो अनुभवी व्यक्तिको साथमा हामी मैदान भित्र र मैदान बाहिर अझ राम्रो गर्न सक्छौं जस्तो लाग्छ । शरदसँगैं काम गर्न पाउदा निकै उत्साहित छौ,’ गोर्खाजले भनेको छ ।
सन् २००२ मा उमेर समूहमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका शरदले गत वर्ष हङकङ सुपर सिक्समा नेपालको कप्तानी गर्दै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका थिए । उनी घरेलु क्रिकेटमा सफल कप्तान मानिन्छन् । उनले घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)को कप्तानी गरेका थिए ।
शरदले आफ्नो अनुभवलाई प्रयोग गरेर गोर्खाजलाई अगाडि बढाउने विश्वास व्यक्त गरे । ‘फ्रेन्चाइज लिगहरुसँग मेरो जुन अनुभव छ, त्यसलाई भरपुर प्रयोग गरेर काठमान्डु गोर्खाजलाई अगाडि बढाउनेमा म एकदम विश्वस्त छु । आँउदो सिजनका लागि एकदमै उत्साहित छु र यसलाई चुनौतीको रुपमा लिएको छु । आफ्नो तर्फबाट शतप्रतिशत दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछु,’ उनले भने ।
प्रतिक्रिया 4