+
फिफा विश्वकप २०२६ :

नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा

२०८३ असार  १६ गते ९:४३ २०८३ असार १६ गते ९:४३

नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को अन्तिम १६ मा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीसुटआउटमा ३-२ गोलअन्तरले पराजित गरेको छ।
  • निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट गरिएको हो।
  • मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाएका हुन्।

१६ असार, काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टीसुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे ।

दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुग्दे इतिहास रचेको मोरक्कोले अन अन्तिम १६ मा सहआयोजक क्यानडासँग खेल्नेछ ।

निर्धारित र अतिरिक्त समयमाको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे ।

मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो ।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए ।

नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्टले पनि पेनाल्टी पोस्टमा लागेर बाहिरियो भने क्विन्टन टिम्बरको प्रहार पनि बाहिरियो । क्रइसेन्सियो समरभिलको प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले बचाए ।

त्यसअघि ग्वाडालाजार स्टेडियममा कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।

तर नेदरल्यान्ड्सले अन्तिम ससमयमा अग्रता जोगाउन नसक्दा मोरक्कोले इन्जुरी टाइममा गोल फर्काएको थियो ।

इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय