+
फिफा विश्वकप २०२६ :

पुराना प्रतिद्वन्द्वी फ्रान्स र स्वीडेनको विश्वकपमा पहिलो भेट

२०८३ असार  १६ गते १८:४५ २०८३ असार १६ गते १८:४५

न्यूयोर्क न्यू जर्सी रंगशालामा हुने उक्त खेल बुधबार बिहान पौने ३ बजेबाट सुरु हुनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा साविक उपविजेता फ्रान्स र स्वीडेनबीच न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान पौने ३ बजे खेल हुँदैछ।
  • फ्रान्सले समूह चरणमा सहज जित निकालेर नकआउटमा प्रवेश गरेको छ भने स्वीडेन उत्कृष्ट तेस्रो स्थानमा रहँदै राउन्ड अफ ३२ मा पुगेको हो।
  • विश्वकपमा पहिलोपटक भिड्न लागेका यी दुई टोलीमध्ये विजेताले अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ।

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा साविक उपविजेता फ्रान्स र स्वीडेन खेल्दैछन् । न्यूयोर्क न्यू जर्सी रंगशालामा हुने उक्त खेल बुधबार बिहान पौने ३ बजेबाट सुरु हुनेछ ।

फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ को सहज जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणमा कुल १० गोल गर्दा फ्रान्सले मात्र २ गोल बेहोरेको छ । स्वीडेनको नकआउट यात्रा भने निकै उतारचढाव रह्यो । नेदरल्याण्ड्ससँग ५–१ को भारी पराजय ब्यहोरेको स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्‍यो । तेस्रो खेलमा जापानसँग १–१ को बराबरी खेल्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा ४ अंकका साथ राउन्ड अफ ३२ मा इन्ट्री पायो ।

समूह चरणको अन्तिम खेल गुमाएका फ्रान्सेली मुख्य प्रशिक्षक डिडिएर देसच्याम्प्स डगआउटमा फर्किने भएसँगै फ्रान्स यस खेलमा बलियो दाबेदारको रूपमा मैदान उत्रिँदै छ । यद्यपि, ग्राहम पोटरको नेतृत्वमा रहेको स्वीडेनी टोली खेलको नतिजालाई उल्ट्याउँदै विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेर गर्ने योजनामा हुनेछ ।

फ्रान्सेली टोलीको मुख्य खम्बाको रूपमा किलियन एमबाप्पे छन् । उनले विश्वकप करियरमा १६ गोल गरिसकेका छन् । पछिल्लो खेलमा नर्वेविरुद्ध ह्याट्रिक गर्दै उस्मान डेम्बेलेले पनि फ्रान्सेली आक्रमण एक व्यक्तिको भरमा मात्र छैन भन्ने कुरा प्रमाणित गरिदिएका छन् ।

यस प्रतियोगितामा मात्रै यी दुवै फरवार्डले ४–४ गोल गरिसकेका छन् । त्यसकारण पनि फ्रान्सको आक्रमणलाई रोक्न जुनसुकै टोलीलाई पनि कठिन हुन्छ । अर्काेतर्फ स्वीडेनका स्टार सेन्टर ब्याक इसाक हिएन चोटका कारण बाहिरिदा त्यसको फाइदा फ्रान्सलाई हुने देखिन्छ ।

फ्रान्सको स्ट्राइकरको बल खोस्दै काउन्टर अट्याक गर्नु नै स्वीडेनको भरोसा हुनेछ । काउन्टर अट्याक गर्न एन्थोनी एलङ्गा, विक्टर ग्योकेरेस र अलेक्ज्याण्डर इसाक को गतिको फाइदा स्वीडेनले उठानुपर्नेछ । एन्थोनीले आफ्ना पछिल्ला दुई समूह चरणका खेलहरूमा लगातार गोल गरेका छन् । यदि आजको खेलमा पनि उनले गोल गरेमा उनी विश्वकपका लगातार तीन खेलमा गोल गर्ने स्वीडेनको इतिहासकै पाँचौँ खेलाडी बन्नेछन् ।

यी दुई टोलीको पछिल्ला ५ भेटमा फ्रान्सको रेकर्ड बलियो छ । जसमा फ्रान्सले ४ खेल जितेको छ भने स्वीडेनले १ खेल जितेको छ । यी दुई टोलीबीचको पछिल्लो भेट नोभेम्बर २०२० मा युएफा नेसन्स लिगमा भएको थियो । जहाँ फ्रान्स ४–२ ले विजयी भएको थियो ।

सन् २०१६ र २०१७ को विश्वकप छनोट खेलहरूमा भने दुवै टोलीले आ–आफ्नो घरेलु मैदानमा जित हासिल गरेका थिए । सबै प्रतियोगिताहरू गरेर यी दुई टोलीबीच यो २४औँ भेट हुनेछ । यसअघिका २३ भेटमा फ्रान्सले १२ र स्वीडेनले ६ खेल जितेका छन् भने ५ खेल बराबरीमा सकिएका छन् ।

सन् १९३० को पहिलो विश्वकपदेखि नै फ्रान्स र स्वीडेन विश्वकपको मञ्चमा सधैं उपस्थित रहँदै आएका छन् । फ्रान्सले ७६ र स्वीडेनले ५४ वटा विश्वकप खेल खेलेका छन् । अन्य प्रतियाेगितामा २३ पटक आमनेसामने भइसकेका यी दुई टोली विश्वकपमा भने पहिलोपटक भिड्न लागेका हुन् । यो खेलको विजेताले अन्तिम १६ मा पाराग्वेसँग खेल्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय