News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको डलास स्टेडियममा आइभरी कोष्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
- नर्वेको जितका लागि एर्लिङ हालान्ड र एन्टोनियो नुसाले गोल गरेका थिए भने आइभरी कोष्टका लागि अमाद डायलोले एक गोल फर्काएका थिए।
- सन् १९९८ पछि पहिलोपटक प्रिक्वार्टरफाइनलमा स्थान बनाएको नर्वेले अब क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
१७ असार, काठमाडौं । नर्वे तेस्रोपटक फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ ।
अमेरिकाको डलास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वेले प्रिक्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
नर्वेको जितमा एर्लिङ हालान्ड र एन्टोनियो नुसाले गोल गरे । नुसाले खेलको ३९औं मिनेटमा गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए ।
७४औं मिनेटमा अमाद डियालोले गोल गर्दै आइभरी कोष्टलाई बराबरी गोल फर्काए । ८६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई जितको बाटोमा पुर्याए । बल पाेसेसनमा पनि नर्वे अघि रह्याे ।

चौथोपटक विश्वकप खेलेको नर्वे तेस्रोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् १९३८ र १९९८ मा नर्वे प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो । सन् १९९४ मा भने समूह चरणबाटै बाहिरिएको थियो ।
२८ वर्षपछि विश्वकप खेलेको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । समूह चरणमा फ्रान्ससँग पराजित हुँदा सेनेगल र इराकमाथि शानदार जित निकालेको थियो ।
अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विश्वविजेता ब्राजिलसँग खेल्नेछ ।
प्रतिक्रिया 4