+

एस्टन भिल्ला, चेल्सी नटिङहम र न्युकासललाई यूईएफएको जरिवाना

२०८३ असार  १७ गते ५:३४ २०८३ असार १७ गते ५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपेली फुटबल महासंघले आर्थिक नियम उल्लंघन गरेको भन्दै एस्टन भिल्लालाई २ करोड २५ लाख युरो जरिवाना गरेको छ ।
  • नियम उल्लंघनको आरोपमा चेल्सी, नटिङहम फरेस्ट र न्युक्यासल युनाइटेडलाई पनि विभिन्न परिमाणमा जरिवाना गरिएको छ ।
  • न्युक्यासल युनाइटेडले फुटबल आम्दानी सीमाभन्दा बढी खर्च गरेको विषयमा थप १ करोड युरो जरिवाना तिर्ने सम्झौता गरेको छ ।

१७ असार, काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए) ले आर्थिक नियम उल्लंघन गरेको भन्दै इंग्लिस क्लब एस्टन भिल्लालाई २ करोड २५ लाख युरो (करिब १९.४ मिलियन पाउन्ड) जरिवाना गरेको छ ।

यूईएफएको स्क्वाड–कस्ट नियमको सन् २०२५ मा ‘गम्भीर उल्लंघन’ गरेको निष्कर्षपछि भिल्लामाथि जरिवानासँगै अर्को सिजनको च्याम्पियन्स लिगका लागि नयाँ खेलाडी दर्तामा पनि प्रतिबन्ध लगाइएको हो ।

जरिवानामध्ये १ करोड ५० लाख युरो (१२.९ मिलियन पाउन्ड) भने शर्तसहित स्थगित गरिएको छ । यदि क्लबले सन् २०२६ सम्म आफ्नो स्क्वाड खर्चको अनुपात उल्लेखनीय रूपमा घटाउन सकेन भने यो रकम पनि तिर्नुपर्नेछ ।

यो निर्णय गत वर्ष लगाइएको शर्तसहितको सजायकै निरन्तरता हो । जुलाई २०२५ मा पनि भिल्लालाई १ करोड १० लाख युरो जरिवाना गरिएको थियो भने थप १ करोड ५० लाख युरो तीन वर्षभित्र आर्थिक नियम पालना गरेमा मात्र छुट हुने व्यवस्था गरिएको थियो ।

यस्तै, आर्थिक नियम उल्लंघन गर्ने अन्य तीन प्रिमियर लिग क्लब पनि कारबाहीमा परेका छन् । चेल्सीलाई ३० लाख युरो जरिवाना गरिएको छ, जसमध्ये २० लाख युरो सर्तसहित स्थगित गरिएको छ।

नटिङहम फरेस्टले २५ लाख युरो जरिवाना तिर्नुपर्ने भएको छ भने न्युक्यासल युनाइटेडलाई ३० लाख युरो जरिवाना गरिएको छ ।

यसबाहेक, यूईएफएको फुटबल आम्दानी सीमा भन्दा बढी खर्च गरेको विषयमा न्युक्यासलले छुट्टै सम्झौता गरेको छ । त्यसअनुसार क्लबले थप १ करोड युरो जरिवाना तिर्नुपर्नेछ, जसमध्ये ७० लाख युरो आगामी तीन वर्षसम्म शर्तसहित स्थगित रहनेछ ।

-बीबीसीबाट

एस्टन भिल्ला चेल्सी यूईएफए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय