+
फिफा विश्वकप २०२६ :

स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा

२०८३ असार  १७ गते ४:४० २०८३ असार १७ गते ४:४०

यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सले स्वीडेनलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को 'अन्तिम १६' मा आफ्नो स्थान सुरक्षित गरेको छ।
  • कप्तान किलियन एम्बाप्पेले दुई र ब्राडली बारकोलाले एक गोल गरेपछि फ्रान्सले सहज जित हात पारेको हो।
  • दुई गोल थपेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ को सर्वाधिक गोलकर्ताको सूचीमा लियोनल मेसीसँग ६ गोलको बराबरी गरेका छन्।

१७ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई ३-० ले हराउँदै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । खेलको ४५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।

५३औं मिनेटमा फ्रान्सका ब्राडलीले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ७४औं मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता तेब्बर बनाए । खेलको अधिकांश समय फ्रान्स हाबी बन्यो ।

यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन् । दुवैले समान ६ गोल गरेका छन् । अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग खेल्नेछ ।

 

 

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय