News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेपछि नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले यो ऐतिहासिक क्षण भएको भन्दै अद्भूत महसुस भइरहेको बताएका छन् ।
- आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै नर्वे २८ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो र अब अर्को चरणमा ब्राजिलसँग भिड्ने भएको छ ।
- जारी विश्वकपमा ५ गोल गरिसकेका हालान्डले अबका खेलहरू दबाबमुक्त भएर खेल्ने भन्दै टोलीका लागि जे हुन्छ त्यो बोनस हुने उल्लेख गरेका छन् ।
१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेपछि नर्वेका स्टाइकर एर्लिङ हालान्डले अद्भूत महसुस भइरहेको बताएका छन् ।
नर्वेले फिफा विश्वकपमा पहिलोपटक नकआउट चरणमा जित निकालेपछि हालान्डले यो इतिहास भएको बताएका हुन् ।
‘यो इतिहास हो, यो अद्भूत महसुस भइरहेको छ,’ स्ट्राइकर हालान्डले भने, ‘हामी २८ वर्षमा पहिलो पटक छनोट हुन सफल भयौं । समूह चरण पार गर्न सफल भयौं र अब अर्को चरणमा पुगेर न्युयोर्कमा ब्राजिलको सामना गर्न सफल भएका छौं ।’
जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हुने हालान्डले बताए । ‘यो अविश्वसनीय छ, त्यसैले अब जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हो । अब हामी बिना कुनै दबाब आनन्दका साथ खेल्न सक्छौं किन भने मलाई लाग्दैन कि हामीले यो भावना फेरि कहिल्यै पाउनेछौं,’ उनले भने ।
राउन्ड अफ ३२ मा आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको थियो । १–१ को बराबरी रहेको अवस्थामा हालान्डले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । हालान्डले जारी विश्वकपमा ५ गोल गरिसकेका छन् ।
प्रतिक्रिया 4