+
फिफा विश्वकप २०२६ :

क्यानडा र मेक्सिकोको पाइला पछ्याउँदै अमेरिका

२०८३ असार  १७ गते १६:०२ २०८३ असार १७ गते १६:०२

सहआयोजक क्यानडा र मेक्सिकोले राउण्ड अफ ३२ को खेल जित्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन् र अब अमेरिका पनि अन्तिम १६ मा पुग्ने लक्ष्यसहित मैदान उत्रँदैछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुँदैछ ।
  • सहआयोजक क्यानडा र मेक्सिकोले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेकाले अमेरिका पनि सोही लक्ष्यमा छ ।
  • अमेरिका र बोस्नियाबीचको यो खेल विश्वकपमा पहिलो पटक हुन लागेको हो ।

काठमाडौं । फिफा विश्वकप २०२६ मा आयोजक रास्ट्रहरुको प्रदर्शन अहिलेसम्म राम्रो छ । तीन रास्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गरिरहेका छन् र तीनै रास्ट्रले समूह चरण पार गर्दै ठूलो उपलब्धी हासिल गरेपनि ।

नकआउट चरण पनि सुरु भइसकेको छ र सहआयोजक क्यानडा र मेक्सिकोले राउण्ड अफ ३२ को खेल जित्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन् ।

अब आयोजक मध्ये एक अमेरिकाले राउण्ड अफ ३२ मा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ र अमेरिकाको पनि एक मात्र लक्ष्य हुने क्यानडा र मेक्सिकोको बाटो पछ्याउँदै अन्तिम १६ मा पुग्ने ।

यस पटक घरेलु मैदानमा अमेरिकाले सहज रुपमा समह्यू चरणमा पार गर्दा बोस्निया पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो ।

फिफा वरियतामा १७औं स्थानमा रहेको अमेरिका समूह डी को विजेता र ६४औं स्थानमा रहेको बोस्निया समूह बी को तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो ।

समूह चरणको प्रदर्शन

अमेरिकाले समूह चरणमा २ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।

अमेरिकाले पहिलो खेलमै फोलारिन बोलागुनको दुई गोल मदतमा पाराग्वेलाई ४-१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो ।

पहिलो खेलमा जित हा तपारेको अस्ट्रेलियालाई दोस्रो खेलमा २-० ले पराजित गरेपछि अमेरिकाले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गर्‍यो र समूह डी को विजेता बन्ने पक्का भइसकेको थियो ।

त्यसपछि अमेरिकाले टर्किए विरुद्धको खेलमा मुख्य खेलाडीहरुलाई आराम दिँदै बेन्चका खेलाडीलाई अवसर दियो । उक्त खेलमा अमेरिका ३-२ ले पराजित भएको थियो । अमेरिकाले सबै जसो खेलाडीलाई समूहचरणमा मौका दिएर नकआउट चरणका लागि टिम तयार पारेको छ ।

यस्तै समूह मा  सहआयोजक क्यानडासँगै समान ४ अंक जोडेपनि गोलअन्तरमा पछि पर्दै तेस्रो भएको बोस्निया तेस्रो हुने उत्कृष्ट ८ टोली भित्र पर्दै पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

पहिलो खेलमा क्यानडासँग १-१ को बराबरी खेलेको बोस्निया दोस्रो खेलमा स्विट्जरलयान्डसँग ४-१ ले पराजित भएको थियो । दुई खेलबाट १ अंक मात्र रहेको बोस्निया समूह चरणबाटै बाहिरिने खतरा रहेपनि तेस्रो खेलमा कतालाई ३-१ ले पराजित गरेपछि ४ अंक जोड्दै समूहमा तेस्रो भयो । बोस्निया तेस्रो हुने टिममध्ये नकआउट चरणमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको थियो ।

हेड टु हेड

अमेरिका र बोस्निया एण्ड हर्जगोभिना फिफा विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । समग्रमा भने दुई टोलीबीच यो चौथो भेट हुनेछ ।

अहिलेसम्म भएको तीन खेलमा अमेरिका बोस्नियासँग अपराजित छ । तीन मध्ये दुई खेल अमेरिकाले जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

प्लेअर्स टु वाच

अमेरिकाको लागि फरवार्ड फोलारिन बालोगुन नयाँ स्टारको रुपमा उदाएका छन् । उनले पाराग्वे विरुद्ध पहिलो खेलमै २ गोल गरेका थिए । पछिल्लो खेलमा आराम पाएका फोलारिन नकआउट चरणमा हेर्न लायक खेलाडीको रुपमा रहनेछन् । यस्तै क्याप्टेन अमेरिकाको रुपमा परिचिति क्रिस्टियन पुलिसिक पनि हेर्न लायक खेलाडी हुन् । उनले पहिलो खेलपछि दुई खेल खेलेका छैनन् । बोस्निया विरुद्ध पुलिसिकले पहिलो रोजाईँमा खेल्ने सम्भावना छ ।

बोस्निया एण्ड हर्जभोगिभाको लागि भेट्रान फरवार्ड एडेन जेकोमा सबैको नजर रहनेछ । ४० वर्षीय कप्तान तथा बोस्नियाको सर्वाधिक गोलकर्ता जेकोको अनुभव विश्व मञ्चमा काम लाग्नेछ ।

यस्तै भेट्रान डिफेण्डर सिद कोलासिनिक पनि बोस्नियाको लागि अनुभवी खेलाडीको रुपमा छन् ।

लेफ्ट ससाइड सेन्टर ब्याक र पुल ब्याकको रुपमा खेल्ने सक्ने कोलासिनिक अमेरिकी विंगरहरुलाई रोक्नका लागि निर्णायक बन्न सक्छन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय