+
फिफा विश्वकप २०२६ :

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट चरणमा जित

२०८३ असार  १७ गते ९:४८ २०८३ असार १७ गते ९:४८

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेकामा बुधबार बिहान भएको खेलमा इक्वेडरलाई २–० हराउँदै घरेलु टोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
  • मेक्सिको सिटीमा भएको खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
  • सन् १९८६ यता पहिलोपटक नकआउट चरणमा जित हात पार्दै मेक्सिकोले ४० वर्षको प्रतीक्षा तोडेको छ ।

१७ असार, काठमाडौं । सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा बुधबार बिहान भएको खेलमा इक्वेडरलाई २–० हराउँदै घरेलु टोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मेक्सिकोको जितमा राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे । खेलको २१औं मिनेटमा जुलियनले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । र मेक्सिको घरेलु मैदानमा २–० ले विजयी भयो । बल पाेजिसनमा इक्वेडर अघि रहेपनि गाेल भने गर्न सकेन ।

जुलियन विश्वकपको तीन फरक खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी । यसअघि लुइस हर्नान्डेजले १९९८ मा तीनै खेलमा गोल गरेका थिए ।

अज्टेका स्टेडियममा मेक्सिकोले अपराजित यात्रा कायम राखेकाे छ ।  योसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन ।

मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । अब क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोले इंग्ल्यान्ड र डीआर कंगोको विजेतासँग खेल्नेछ ।

हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ । पाँचौंपटक विश्वकप खेलेको इक्वेडरले दोस्रोपटक समूह चरण पार गरेको थियो ।

 

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय