+
फिफा विश्वकप २०२६ :

चर्को बन्दै गोल्डेन बुट होड : ५ गोल गर्दै केन पनि थपिए

२०८३ असार  १८ गते ०:१० २०८३ असार १८ गते ०:१०

गोल्डेन बुटका दाबेदारको रुपमा चर्चा गरिएका खेलाडीहरुले धमाधम गोल गर्न थालेपछि अहिले गोल्डेन बुटको होडमै आधा दर्जन खेलाडी देखिएका थिए । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा गोल्डेन बुट अवार्डका लागि छ खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
  • लियोनल मेसी र किलियन एमबाप्पे समान ६ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन् ।
  • ह्यारी केन र एर्लिङ हालान्ड ५ गोलसहित दाबेदारको रूपमा रहेका छन् भने भिनिसियस जुनियर र उसमान डेम्बेले ४ गोलका साथ होडमा छन् ।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ उपाधि कसले जित्ला? यो प्रश्न विश्वकप सुरु भएदेखि नै कायम छ । योसँगै जोडिएर आउने अर्को प्रश्न हो, विश्वकपमा धेरै गोल गर्दै गोल्डेन बुट अवार्ड कसले जित्छ?

विश्वकपको इतिहासमै सम्भवत: यस पटक गोल्डेन बुटका लागि सबैभन्दा चर्को प्रतिस्पर्धा देखिएको छ ।

गोल्डेन बुटका दाबेदारको रुपमा चर्चा गरिएका खेलाडीहरुले धमाधम गोल गर्न थालेपछि अहिले गोल्डेन बुटको होडमै आधा दर्जन खेलाडी देखिएका थिए ।

विश्वकपको समूह्य चरण सकिएर भर्खर यस पटक थपिएको राउण्ड अफ ३२ चरणको केही खेलहरु मात्र सकिएको छ । केही टिमहरु उपाधि होडबाट बाहिरिँदा उपाधिको यात्रातिर अघि बढ्ने टिम घट्दैछ । तर गोल्डेन बुट अवार्डका दाबेदारमा भने खेलाडीहरु बढ्दैछन् ।

विश्वकपमा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बल अवार्ड प्राप्त गर्छन् । अहिले त्यही अवार्डका लागि स्टार खेलाडीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अहिलेसम्म गोल्डेन बुटको होडमा ६ खेलाडी देखिएका छन् ।

इंग्ल्यान्डका ह्यारी केनले डिआर कंगोल विरुद्ध पछिल्लो खेलमा २ गोल गरेपछि उनी पनि गोल्डेन बुटको दाबेदारको रुपमा अघि आएका छन् । केनले ४ खेलमा ५ गोल गरिसकेका छन् ।

कंगो विरुद्ध २ गोल गरेपछि केनले विश्वकपमा गोल संख्या १३ पुर्‍याएका छन् र उनी फ्रान्सका जस्ट फोन्टेनसँगै सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा छैटौं स्थानमा उक्लेका छन् ।

उनी भन्दा अघि रहेका  फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान ६ गोल गरेका छन् । यस्तै नर्वेका एर्लिङ हालान्डको पनि केन समान ५ गोल छ ।

यस बाहेक प्रान्सकै उसमान डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरको समान ४ गोल छ ।

अब अन्तिम १६ मा ब्राजिल र नर्वे भिड्ने तय भइसकेको छ र यसमा हालान्ड र भिनिसियस आमने सामने हुनेछन् । यस्तोमा यी दुई मध्ये एक खेलाडी मात्र अघि बढ्ने हुँदा गोल्डेन बुटको रेसबाट एक खेलाडी अघि बढ्दा अर्को खेलाडी बाहिरिने छन् ।

यस्तै ब्राजिल र नर्वेबीचको विजेता टिमले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेता टिमसँग खेल्नेछ । त्यस खेलपछि पनि गोल्डेन बुट हवडमा रहेका खेलाडी बाहिरिनेछ ।

गोल्डेन बुट रेसमा रहेका मध्ये मेसीले समूह चरणमै ६ गोल गरेका थिए भने झै राउण्ड अफ ३२ को खेल खेल्न बाँकी छ । मेसीलाई उक्त खेलमा गोल गर्दै गोल संख्या बढाउने अवसर पनि छ ।

पहिलो खेलमै अल्जेरिया विरुद्ध ह्याट्रिक गरेका मेसीले अस्ट्रिया विरुद्ध २ गोल गरेका थिए भने जोर्डन विरुद्ध बेन्चबाट आएर एक गोल गरेका थिए ।

क्लब लेभलमा उत्कृष्ट प्रदर्शन गर्दै बएका एमबाप्पे, हालान्ड, केनसँगै मेसी नै यस विश्वकपमा गोल्डेन बुटका लागि मुख्य दाबेदारको रुपमा देखिएका छन् । टिमको प्रदर्शन र यात्रा कहाँसम्म पुग्छ त्यसमै खेलाडीहरुको गोल्डेन बुटको दाबेदारी पनि निर्भर रहन्छ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय