+
फिफा विश्वकप २०२६ :

३ मिनेटमा दुई गोल गर्दै खेलमा फर्कियो बेल्जियम

२०८३ असार  १८ गते ३:४१ २०८३ असार १८ गते ३:४१

१७ असार, काठमाडौं । दुई गोलले पछि परेको बेल्जियम फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत सेनेगलविरुद्ध खेलमा फर्किएको छ ।

सिएटल स्टेडियममा जारी खेलमा ३ मिनेटमा दुई गोल गर्दै बेल्जियम बराबरीमा फर्किएको हो ।

खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसको ३ मिनेटपछि युरी टिलेमान्सले गोल गर्दे बेल्जियमलाई बराबरीमा फर्काउन सफल भए ।

निर्धारित ९० मिनेटमा २–२ को बराबरी भएपछि खेलमा अतिरिक्त समयमा धकेलिएको छ ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय